मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान « Khabarhub

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्।

पाकिस्तान भ्रमणका क्रममा मंगलबार प्रेससँग कुरा गर्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानुनअनुसार नौवहनको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।

उनले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने बताए। प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारका पक्षमा पाकिस्तानले निरन्तर आवाज उठाउँदै आएको पनि उनले उल्लेख गरे।

महासचिव गुटेरेसले द्वन्द्व र अस्थिरताबाट विस्थापित भएका लाखौँ अफगान नागरिकलाई पाकिस्तानले दशकौँदेखि आश्रय दिँदै आएको बताए। संवाद र सहकार्यमा आधारित प्रयासबाट मध्यपूर्वमा शान्ति र समृद्धि कायम हुने विश्वास व्यक्त गर्दै उनले क्षेत्रीय स्थायित्वका लागि कूटनीतिक समाधान आवश्यक रहेको बताए।

संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको समर्थन गर्दै गुटेरेसले अफगान नागरिक स्वेच्छाले, सुरक्षित र सम्मानपूर्वक स्वदेश फर्कन सक्ने अवस्था सुनिश्चित गर्न पाकिस्तानसँग सहकार्य गर्न संयुक्त राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताए।

गुटेरेसको पाकिस्तानको पछिल्लो भ्रमण सन् २०२२ मा देशभर विनाशकारी बाढी आएपछि भएको थियो।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : १४ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण