मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान « Khabarhub

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्।

पाकिस्तान भ्रमणका क्रममा मंगलबार प्रेससँग कुरा गर्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानुनअनुसार नौवहनको अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।

उनले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने बताए। प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारका पक्षमा पाकिस्तानले निरन्तर आवाज उठाउँदै आएको पनि उनले उल्लेख गरे।

महासचिव गुटेरेसले द्वन्द्व र अस्थिरताबाट विस्थापित भएका लाखौँ अफगान नागरिकलाई पाकिस्तानले दशकौँदेखि आश्रय दिँदै आएको बताए। संवाद र सहकार्यमा आधारित प्रयासबाट मध्यपूर्वमा शान्ति र समृद्धि कायम हुने विश्वास व्यक्त गर्दै उनले क्षेत्रीय स्थायित्वका लागि कूटनीतिक समाधान आवश्यक रहेको बताए।

संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको समर्थन गर्दै गुटेरेसले अफगान नागरिक स्वेच्छाले, सुरक्षित र सम्मानपूर्वक स्वदेश फर्कन सक्ने अवस्था सुनिश्चित गर्न पाकिस्तानसँग सहकार्य गर्न संयुक्त राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताए।

गुटेरेसको पाकिस्तानको पछिल्लो भ्रमण सन् २०२२ मा देशभर विनाशकारी बाढी आएपछि भएको थियो।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : १४ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल