गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका कुनै पनि निर्णय नगर्नू, नगराउनू भन्दै अन्तरिम आदेश जारी गरेको छ । लिलबहादुर थापाद्वारा दायर गरिएको उत्प्रेषणसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो ।

अदालतको आदेशमा गण्डकी प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको विषय र नेपालको संविधानको धारा १८८ (२) बमोजिम ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने दाबीलाई आधार बनाइएको छ।

सुविधा सन्तुलनको दृष्टिको कोणबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय तथा कामकारबाही नगर्न विपक्षी मुख्यमन्त्रीका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको हो ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश बडाल, रमन कुमार श्रेष्ठ, टिकाराम भट्टराई, श्रीकान्त बराल र राम नारायण विडारीले बहस गरेका थिए।

साथै, अदालतले विपक्षीलाई मिति २०८३ साल कात्तिक ११ गतेभित्र महान्यायाधिवक्ताको कार्यालय तथा मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ५ : ०९ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल