काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ।
बुधबार जारी महाधिवेशनअन्तर्गतको बन्दसत्रले कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको हो।
त्यसैगरी महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पनि बन्दसत्रबाट पारित भएको छ।
महामन्त्री घिमिरेले पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा संगठन सुदृढीकरणका विषय समेटेर सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बन्दसत्रमा छलफलपछि दुवै प्रतिवेदन पारित गरिएको हो।














प्रतिक्रिया