भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी « Khabarhub

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन आफूले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएकी छन् । सम्मानित, अनुशासित र युवालाई रोजगारी दिन सक्ने पार्टी बनाउन आफूले महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा जाने निर्णय गरेको सुनाउँदै उनले यस्तो बताएकी हुन्।

ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि बनेकी बास्ताकोटीले मङ्गलबार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।

‘म नेपाली कांग्रेसको केन्द्रीय कमिटीमा बसेर सम्मानित पार्टी बनाउन चाहन्छु,’ खबरहबसँगको कुराकानीमा बास्ताकोटीले भनिन्, ‘युवालाई रोजगारी सुनिश्चित गर्न सक्ने कांग्रेस, सुशासन कायम गर्न सक्ने कांग्रेस, भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुँ।’

२०४६ सालको आन्दोलनदेखि राजनीतिमा सक्रिय बास्ताकोटीको राजनीतिक यात्रा पद्मकन्या क्याम्पसबाट सुरु भएको हो। नेपाल महिला सङ्घकी निवर्तमान केन्द्रीय सदस्य बास्ताकोटीसँग बागमती प्रदेश सहमहामन्त्री भएर काम गरेको अनुभवसमेत छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ८ : १७ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले