भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी « Khabarhub

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन आफूले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएकी छन् । सम्मानित, अनुशासित र युवालाई रोजगारी दिन सक्ने पार्टी बनाउन आफूले महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा जाने निर्णय गरेको सुनाउँदै उनले यस्तो बताएकी हुन्।

ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि बनेकी बास्ताकोटीले मङ्गलबार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।

‘म नेपाली कांग्रेसको केन्द्रीय कमिटीमा बसेर सम्मानित पार्टी बनाउन चाहन्छु,’ खबरहबसँगको कुराकानीमा बास्ताकोटीले भनिन्, ‘युवालाई रोजगारी सुनिश्चित गर्न सक्ने कांग्रेस, सुशासन कायम गर्न सक्ने कांग्रेस, भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुँ।’

२०४६ सालको आन्दोलनदेखि राजनीतिमा सक्रिय बास्ताकोटीको राजनीतिक यात्रा पद्मकन्या क्याम्पसबाट सुरु भएको हो। नेपाल महिला सङ्घकी निवर्तमान केन्द्रीय सदस्य बास्ताकोटीसँग बागमती प्रदेश सहमहामन्त्री भएर काम गरेको अनुभवसमेत छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ८ : १७ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६