भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी « Khabarhub

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलको मात्र उम्मेदवारी परेको छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ को उपनियम (१) बमोजिम सभापति पदका लागि बुधबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र पौडेलको मात्रै उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलद्वारा जारी सूचनामा उल्लेख छ।

पौडेलको उम्मेदवारीको प्रस्तावकमा सांसद श्रीकृष्णप्रसाद अधिकारी तथा समर्थकमा सांसद सम्झना देवकोटा र तुलप्रसाद विश्वकर्मा रहेका छन्।

स्याङ्जाको भीरकोट–२ निवासी ६६ वर्षीय पौडेलको मात्र उम्मेदवारी परेकाले उनी समितिको सभापतिमा निर्विरोध निर्वाचित हुनेछन्। सभापति चयनको औपचारिक प्रक्रिया समितिको बिहीबार बस्ने बैठकबाट पूरा गरिनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ६ : ५३ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन