भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी « Khabarhub

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलको मात्र उम्मेदवारी परेको छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ को उपनियम (१) बमोजिम सभापति पदका लागि बुधबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र पौडेलको मात्रै उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलद्वारा जारी सूचनामा उल्लेख छ।

पौडेलको उम्मेदवारीको प्रस्तावकमा सांसद श्रीकृष्णप्रसाद अधिकारी तथा समर्थकमा सांसद सम्झना देवकोटा र तुलप्रसाद विश्वकर्मा रहेका छन्।

स्याङ्जाको भीरकोट–२ निवासी ६६ वर्षीय पौडेलको मात्र उम्मेदवारी परेकाले उनी समितिको सभापतिमा निर्विरोध निर्वाचित हुनेछन्। सभापति चयनको औपचारिक प्रक्रिया समितिको बिहीबार बस्ने बैठकबाट पूरा गरिनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ६ : ५३ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ