सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता « Khabarhub

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख डोलप्रसाद (डिपी) अर्यालले बेलायती समकक्षीसँग भेटवार्ता गरेका छन्।

भेटमा सभामुख अर्यालले नेपाल र संयुक्त अधिराज्यबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक, मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा संयुक्त अधिराज्यले गर्दै आएको दीर्घकालीन सहयोगको प्रशंसा गर्दै हालै नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति बेलायतले देखाएको ऐक्यबद्धता तथा आपत्कालीन सहयोगका लागि धन्यवाद व्यक्त गरे।

उनीहरूले नेपाल–बेलायत संसदीय मैत्री समूह गठन भएको जानकारी गराउँदै दुई देशका सांसदबीच ज्ञान, अनुभव तथा सूचनाको आदानप्रदान, संसदीय संवाद र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताए।

भेटमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असमान प्रभाव तथा पर्वतीय मुद्दाका विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

सभामुख अर्यालले बेलायतमा रहेका नेपाली समुदाय तथा ब्रिटिस गोर्खा सैनिक, भूतपूर्व गोर्खा सैनिक र उनीहरूका परिवारलाई नेपाल–बेलायत सम्बन्धका महत्वपूर्ण सेतुका रूपमा उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उनीहरूको योगदान महत्वपूर्ण रहेको बताए।

सो अवसरमा सभामुख अर्यालले बेलायती समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा पुनः स्मरण गराउँदै निकट भविष्यमा नेपालमा स्वागत गर्न आफू इच्छुक रहेको बताए।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : ५४ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को