सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता « Khabarhub

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख डोलप्रसाद (डिपी) अर्यालले बेलायती समकक्षीसँग भेटवार्ता गरेका छन्।

भेटमा सभामुख अर्यालले नेपाल र संयुक्त अधिराज्यबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक, मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा संयुक्त अधिराज्यले गर्दै आएको दीर्घकालीन सहयोगको प्रशंसा गर्दै हालै नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति बेलायतले देखाएको ऐक्यबद्धता तथा आपत्कालीन सहयोगका लागि धन्यवाद व्यक्त गरे।

उनीहरूले नेपाल–बेलायत संसदीय मैत्री समूह गठन भएको जानकारी गराउँदै दुई देशका सांसदबीच ज्ञान, अनुभव तथा सूचनाको आदानप्रदान, संसदीय संवाद र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताए।

भेटमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असमान प्रभाव तथा पर्वतीय मुद्दाका विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

सभामुख अर्यालले बेलायतमा रहेका नेपाली समुदाय तथा ब्रिटिस गोर्खा सैनिक, भूतपूर्व गोर्खा सैनिक र उनीहरूका परिवारलाई नेपाल–बेलायत सम्बन्धका महत्वपूर्ण सेतुका रूपमा उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उनीहरूको योगदान महत्वपूर्ण रहेको बताए।

सो अवसरमा सभामुख अर्यालले बेलायती समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा पुनः स्मरण गराउँदै निकट भविष्यमा नेपालमा स्वागत गर्न आफू इच्छुक रहेको बताए।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : ५४ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६