नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव « Khabarhub

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई नेपालको लागि नयाँ राजदूत बनाएको छ ।

भारतको विदेश मन्त्रालयले दलेलाको नामको एग्रिमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपालले एग्रिम स्वीकृत गरेर पठाएपछि भारतले दलेलालाई नेपालको लागि भारतीय राजदूतमा नियुक्त गर्नेछ ।

“भारतले नेपालको लागि नयाँ राजदूतमा सुधाकर दालेलाको नाम पठाएको छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।

भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी हालै मात्र स्वदेश फर्किएका थिए । त्यसपछि भारतले नेपालको लागि नयाँ राजदूतमा दलेलाको नाम पठाएको हो ।

सुधाकर दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । त्यसयता उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डि.सी.स्थित भारतीय नियोगहरूमा सेवा गरेका छन् ।

हालसालै उनले भुटानका लागि भारतको राजदूत (सन् २०२२-२०२५) को रूपमा कार्य गरेका थिए ।

दलेलाले नयाँ दिल्लीमा महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए । उनले प्रधानमन्त्रीको कार्यालयमा निर्देशक (सन् २००९-२०११) को भूमिका निर्वाह गरेका थिए । यस क्रममा उनले दक्षिण एसियाली छिमेकीहरू, पूर्वी एसिया, इन्डो-प्यासिफिक क्षेत्र, खाडी मुलुक, मध्य पूर्व र अफ्रिकाका देशहरूसँग भारतको सम्बन्ध विस्तारमा केन्द्रित रही काम गरेका थिए ।

उनले विदेश मन्त्रालयमा निर्देशक (उत्तर- सन् २००६ देखि २००७) र पछि सह-सचिव (उत्तर – सन् २०१६ देखि २०१९) को रूपमा भुटान र नेपालसँग भारतको सम्बन्धको जिम्मेवारी हेरेका थिए ।

उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशक (व्यापार नीति) र विश्व व्यापार संगठन (WTO) स्थित भारतको स्थायी नियोगमा दुई पटक (सन् २०१४-२०१६ मा भारतको उप-स्थायी प्रतिनिधिको रूपमा समेत) सेवा गरेका थिए ।

उनले १ सेप्टेम्बर २०२५ मा मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारी सम्हालेका थिए ।

भारतीय विदेश सेवामा प्रवेश गर्नुअघि दलेलाले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १० : ०८ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते