आज २०८३ साल कात्तिक २१ गते शनिबार राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक २१ गते शनिबार राशिफल


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक २१ गते शनिबार सन् २०२६ नोभेम्बर ७ तारिख। कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। धनवन्तरी जयन्ती र काग तिहार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानीबाट नाफा हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्नेछन्। शिक्षामा सुधारका संकेत देखिने छन्। शत्रु बढ्ने भएकाले  सचेत  हुनुपर्ने  दिन छ ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ। शिक्षा र राजनीतिमा गरेको प्रयास सफल बन्नेछ। गोपनीयता सुरक्षित गर्नु उचित हुन्छ। आज विवादमा  नफस्नु  राम्रो हुन्छ ।

मिथुन : शुभ दिन परेको छ । आम्दानी बढ्नेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

कर्कट : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। आम्दानी हुनेछ । प्रेम सम्बन्ध बलियो हुनेछ । पारिवारिक मेलमिलाप हुने भएकाले मनमा खुसी मिल्नेछ ।

सिंह : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले गुम्न लागेको धन फिर्ता हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यकता छ। राजनीतिमा विपक्षीको घेराबन्दी हुनेछ।

कन्या : दिन राम्रो छ । आम्दानी  बढ्दा मनमा उत्साह थपिनेछ । आफन्तको साथ मिल्ने योग छ । श्रमको मूल्य प्राप्त हुनेछ । शिक्षामा प्रगति होला । संकट टर्ने योग छ ।

तुला : शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तर खर्च  बढ्ने योग परेको छ ।

वृश्चिक : व्यापारमा फाइदा हुने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ ।

धनु : दिन राम्रो छ । पुराना साथीभाईसँगको भेटले  मन प्रशन्न बन्नेछ। मानसम्मान प्राप्त हुनेछ। गुरुको साथ र सहयोगका लगि थप नम्रताको खाँचो छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा सुखद् यात्रा हुनेछ।

मकर : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। विपक्षी साथीसँग सहकार्य हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नु उचित हुन्छ। आफ्नो कामले मनमा शान्ति मिल्ने योग छ ।

कुम्भ : यात्रामा सचेत बन्नुपर्ने दिन छ । नयाँ साथीसँगको भेटले दीर्घकालीन योजना बन्नेछन्। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मीन  : आम्दानी बढ्ने योग छ । सानो कुराले मनमा खुसी मिल्नेछ । शिक्षा र रोजगारीका क्षेत्रमा तपाईंका ग्रह बलवान छन्। नयाँ रोजगारीको लागि प्रस्ताव आउनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ५ : ३९ बजे

के हो धनवन्तरी जयन्ती ? यो किन मनाइन्छ ?

काठमाडौँ – हिन्दु परम्परा र आयुर्वेद चिकित्सा विज्ञानमा भगवान् धनवन्तरीको

शनिबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल कात्तिक २१ गते शनिबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २१ गते शनिबार सन् २०२६

यमनको ताइज प्रान्तमा भएको आक्रमणमा २० जनाको मृत्यु

साना – यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको