काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा अहिले लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कााठमाडौंले लुम्बिनीसामु १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।
जवाफी ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सले खराब प्रदर्शन गरेको छ । १० ओभरको खेल नसकिँदै लुम्बिनीले ७ विकेट गुमाइसकेको छ । खेलको ९ ओभर १ बलमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान आउट भए ।
सन्तोष यादवको बलमा उनी बोल्ड हुनुअघि उनले १६ बलमा ११ रन बनाए ।
बलिङतर्फ काठमाडौंका जहाँदाद खान एक्लैले ४ विकेट लिएका छन् । करण केसीले दुई तथा सन्तोष यादवले एक विकेट लिएका छन् ।














प्रतिक्रिया