आमाको अनुस्थितिमा बावु–छोरी कथामा दयाहाङ स्टारर ‘मिरमिरे’को ट्रेलर « Khabarhub

आमाको अनुस्थितिमा बावु–छोरी कथामा दयाहाङ स्टारर ‘मिरमिरे’को ट्रेलर


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु शीर्ष भूमिकामा रहेको फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले मंगलबार कमलपोखरीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलर आमाको अनुपस्थितिमा छोरी र बुवाबीचको प्रेमलाई केन्द्रमा राखिएको छ । शिक्षिकाको भूमिकामा रहेकी सिर्जना, स्कुलकै कर्मचारी दयाहाङ र शिक्षकको भूमिकामा रहेका प्रकाशबीचको त्रिकोणात्मक प्रेम पनि ट्रेलरमा देखाइएको छ।

दयाहाङ र सिर्जनाको प्रेम छोरीले थाहा पाएपछि उत्पन्न परिस्थितिले अब के हुन्छ भन्ने कौतुहलता ट्रेलरले छोडेको छ ।

छोरीको भूमिका शाइसा गौचनले निर्वाह गरेकी छन् ।

माघ १ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक र लेखक यम शेर्पा हुन् । यार्शा फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ११ : ४८ बजे

नेकपा इलाम इन्चार्ज शर्माद्वारा पार्टी परित्याग, प्रलोपा प्रवेश गर्ने तयारी

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला

शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस

स्पोर्ट्स अवार्ड : दीपेन्द्रसिंह र एरिका वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर)

पोखरा – क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष

प्रतिनिधिसभा निर्वाचन : रोल्पाबाट उम्मेदवार सिफारिस भएपछि विप्लवले दिए धन्यवाद

काठमाडौं – नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पा

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य