विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल « Khabarhub

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली टिमले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाल र अमेरिकाको खेल बुधबार दिउँसो १ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।

जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

क्यानले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय छन्।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ३० बजे

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस