एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री « Khabarhub

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो लगाएको छ । माघ ११ गतेका लागि हुने राष्ट्रिय सभाको चुनावमा एमालेले अन्य दलसँगको गठबन्धनमा सात सिट पाएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा र जसपा नेपालले तालमेल गर्दैछन् ।

मधेश प्रदेशबाट एक जनाको नाम टुंगो लगाउन बाँकी राखेको एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दंगाल, उम्मेदवार बनाउँदा गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको हो । एमाले सचिवालयमा छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको नाम टुंगो लगाएका हुन् ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावका लागि आज मनोनयनका लागि कार्यक्रम राखेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ५५ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय