पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन « Khabarhub

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधा सम्पन्न बाल सघन उपचार कक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ ।

प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचार कक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । 

उनका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचार कक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो ।

अस्पतालले बाल सघन उपचार कक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्ने गरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात शय्या दुई महिनाभन्दा ठूला बच्चाका लागि र एउटा सो भन्दा साना बच्चाका लागि प्रयोगमा ल्याइने छ ।

सिकिस्त अवस्थाका बिरामीलाई सामान्य वार्डमा राखेर उपचार गराउँदा जोखिम बढी हुने र सङ्क्रमण फैलन सक्ने भएकाले पीआइसीयूमा राखेर उपचार गराउनुपर्ने हुन्छ । 

‘भेन्टिलेटर, बाइप्याप लगायतका अत्याधुनिक उपकरण, विशेषज्ञ डाक्टरसहितको पिआइसीयू सञ्चालनमा ल्याउने हाम्रो प्रयासले सार्थकता पाएको छ । यसमा डेडिकेटेड जनशक्ति हुन्छ । यसबाट गम्भीर अवस्थाका बच्चाहरूलाई उपचारबाट अन्यत्र फिर्ता पठाउनुपर्ने अवस्था अन्त्य भएको छ’, बास्तोलाले भने ।

यस उपचारकक्षका लागि प्रतिष्ठानले एक जना बालरोग विशेषज्ञसहित ११ जना चिकित्सक, तालिम लिएका १३ जना स्टाफ नर्स र तीन जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यसअघि रहेको पिआइसीयूमा आवश्यक जनशक्ति र उपकरण थिएन । जसका कारणले राम्रोसँग पिआइसीयू सञ्चालनमा आउन सकेको थिएन । 

बालरोग विभाग प्रमुख डा बास्तोलाले भने, ‘पहिलाको पिआइसीयू नाममात्रको थियो । यसैका लागि भनेर जनशक्ति थिएन, अन्य विभागबाट बोलाउनुपर्ने थियो । चाहेर पनि बच्चालाई भर्ना गर्न सकिएको थिएन । अहिले बालबालिकाका लागि नै ‘डेडिकेटेड’ उपचारकक्षा सुरु गरिएको हो ।’

जटिल र गम्भीर अवस्थाका बिरामीलाई २४ सैँ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराइने विशेष कक्ष पीआइसीयू हो । जहाँ चिकित्सक, नर्स, कर्मचारी र बिरामीबाहेक अरूलाई आवतजावत गर्न निषेध गरिने अस्पतालले जनाएको छ । रासस

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १० : ५१ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र