काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा नेकपाले छुट्टाछुट्टै उम्मेदवार लिएर जाने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना छुट्टै उम्मेदवारहरू लिएर निर्वाचनमा जाने तयारी गरेको नेता देव गुरुङले जानकारी गराए ।
गुरुङले खबरहबलाई भने,’नेकपाले प्रत्येक प्रदेशबाट आफ्नो ढंगले उम्मेदवारहरूको मनोनयन गर्न लागेको छ। हामीले मतभारका आधारमा चार सिट मागेका थियौँ उहाँहरू दिन तयार नभएपछि हामी आफ्नो ढंगले लागेका हौँ ।’
नेकपाले राष्ट्रिय सभामा चार सिट मागेको थियो कांग्रेस सिट दिन तयार हुँदा नेकपा एमाले भने तयार नभएपछि छुट्टाछुट्टै मनोनयन दर्ता गर्न लागिएको हो ।
एमाले सचिव शेरधन राईका अनुसार नेपाली काङ्ग्रेस नेकपा एमाले र जनता समाजवादी पार्टी भने गठबन्धन गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने भएका छन् ।
‘नेकपासँग सहयात्रा नहुने भयो उहाँहरू बाहिरिइसक्नुभएको छ। नेपाली कांग्रेस नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रुपमा आफ्ना उम्मेदवारहरू उठाउँछ।’ राईले खबरहबलाई भने,’बिहानसम्म नेकपालाई पनि सँगै लिएर जाने भनेका थियौँ। तर सिटमा कुरो मिलेन।’













प्रतिक्रिया