गोदरेजले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता « Khabarhub

गोदरेजले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोदरेज नेपालले टी २० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता योजनाका विजेता सार्वजनिक गरेको छ ।

गोदरेजले गत मंसिर २९ गतेदेखि देशभर लागू गरेको यस क्याम्पेनअन्तर्गत पहिलो चरणका विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणको विजेता काठमाडौं टोखा निवासी लुना ज्ञवाली हुन् । उनले खाडादेवी इलेक्ट्रोनिक्स-गोदरेजको आधिकारिक बिक्रेताबाट गोदरेज वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएकी थिइन्  ।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछिन् । 

उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो अवसर अझै विशेष रहनेछ । जसमा सहभागी हुन ग्राहकले गोदरेज [स्पेस] [वारेन्टी कार्ड नम्बर] [स्पेस] [उत्पादनको नाम] [स्पेस] [ग्राहकको नाम] [स्पेस] [ठेगाना] टाइप गरी ३१००३ मा एसएसएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १ : २९ बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी