काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३५ अंकले घटेको छ । ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँको कारोबार हुँदा आज नेप्से घटेर २६३५.९४ बिन्दुमा पुगेको हो ।
आज नेप्से घट्दा १८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । तर, आज १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
आज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने एसवाई प्यानलको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । आज नेप्से घटेसँगै वित्त र व्यापार समूह बाहेक सबै समूहको उपसूचक पनि नकारात्मक हुन पुगेको छ ।













प्रतिक्रिया