समाचारको प्रभाव : २४ घण्टा नबित्दै व्यवस्थापक खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार  « Khabarhub

समाचारको प्रभाव : २४ घण्टा नबित्दै व्यवस्थापक खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार 


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ फेदीमा रहेको जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक हिनामिनाको समाचार प्रकाश भएको २४ घण्टा नबित्दै संस्थाका प्रमुख व्यवस्थापक यामबहादुर खड्काले पाउनुपर्ने रकम १४ लाख ५६ हजार ६सय ६० रुपैयाँ ४८ पैसाको ब्याजसहित १५ लाख ३९ हजार ५ सय दश रुपैयाँ सहकारीको खातामा दाखिला गरेका छन् । 

सोमबार खबरहब लगायतका मिडियामा प्रकाशन जनकल्याण बहुउद्देश्यीय सकोसमा साढे १४ लाख हिनामिना शीर्षकमा समाचार बाहिरिएपछि मंगलबार खड्काले तिर्नुपर्ने ब्याज सहितको रकम संस्थामा बुझाएका हुन ।

आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए अनुसारको उक्त रकम उनले तिरेको संस्थाका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काले सयौँ शेयर सदस्यको विश्वास र भरोसा बोकेको संस्थामा  २०८१/०८२ बाट मिरा सफट्वेयर मार्फत संस्थाको सम्पूर्ण कारोबार प्रविधि मैत्री बनाई चुस्त दुरुस्त बनाइएको छ ।

सफट्वेयरमा इन्ट्री गर्दा दायित्व र सम्पत्ति भिडान हुँदा सम्पत्ति तर्फ १४लाख ५६हजार ६ सय ६० रुपैयाँ ४८ पैसा पैसा हिसाब नमिल्दा संस्थाको आर्थिक कारोबार गर्ने व्यवस्थापकबाट उक्त रकमको जिम्मेवारी लिई आ.व २०८१/०८२ को नपुग रकम बाह्य लेखा परीक्षणबाट सम्पत्ति तर्फ कर्मचारीबाट भुक्तानी पाउनु पर्ने उल्लेख भई आएपछि उक्त रकम असुल गरेर वर्तमान व्यवस्थापकलाई हटाइएको उनले बताए ।

व्यवस्थापक खड्काको जिम्मेवारी खोसियो 

वर्तमान व्यवस्थापक खड्कालाई संस्थाकाे सबै जिम्मेवारीबाट हटाइएको छ । सञ्चालक समिति, लेखा समिति पूर्व सञ्चालक समितिका पदाधिकारीसहितको संयुक्त बैठकले उनलाई  संस्थाको विनियम २०७९ को परिच्छेद १२ र संस्थाको मानव संसाधन नीति अनुसार व्यवस्थापक खड्कालाई संस्थाको सम्पूर्ण जिम्मेवारीबाट हटाई अर्को कार्यवाहक व्यवस्थापक रामचन्द्र खत्रीलाई नियुक्ति गरी संस्थाको कारोबारलाई व्यवस्थित रुपमा अगाडी बढाउने गरी निर्णय गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

साथै उनले यस संस्थाका शुभचिन्तक तथा शुभेच्छुकहरू, सम्पूर्ण सरोकार वाला निकाय र सेयर सदस्यहरूमा ढुक्क भएर संस्थामा कारोबार गर्नु अनुरोध गरे ।

उनले शेयर सदस्यको सुझाव र शुभेच्छा प्रति उच्च सम्मान गर्दै संस्था निरन्तर अगाडी बढाउन सबैको साथ र सहयोगको अपेक्षा राख्दै संस्थाको कारोबार र हरहिसाबलाई पारदर्शी राख्न कर्मचारीहरूलाई निर्देशन दिए ।

यता व्यवस्थापक खड्काले सहकारीको उक्त रकम आफूले व्यक्ति गत रूपमा नलिएको तर लेखा परीक्षण प्रतिवेदनमा सम्पत्ति तर्फ कर्मचारीबाट असुल गर्नुपर्ने १४ लाख ५६ हजार ६ सय ६० रुपैयाँ बेरुजुमा उल्लेख गरेसँगै संस्थाको आर्थिक कारोबारको जिम्मेवारी व्यवस्थापकको जिम्मेवारी रहेकाले नैतिक रूपमा आफूले हिसाब मिलाउनुपर्छ भन्ने आधारमा आफुले नै उक्त रकम तिरेको उनले बताए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ०४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान