र्‍याली भागदौड प्रकरण : सोधपुछका लागि सीबीआईले बोलायो थालपति विजयलाई « Khabarhub

र्‍याली भागदौड प्रकरण : सोधपुछका लागि सीबीआईले बोलायो थालपति विजयलाई


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण भारतीय फिल्मका सुपरस्टार तथा राजनीतिमा उदाउँदै गरेका थालपति विजयलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले सोधपुछका लागि बोलाएको छ। 

तमिलनाडुको करूर जिल्लामा गत वर्ष आयोजित र्‍यालीमा भएको भीषण भागदौड घटनाको छानबिनका सिलसिलामा उनलाई आगामी जनवरी १२ मा उपस्थित हुन पुर्जी जारी गरिएको हो।

उक्त र्‍याली विजय नेतृत्वको दल तमिलगा वेट्री कजगम (टीभीके) ले सेप्टेम्बर २७ मा आयोजना गरेको थियो। घटनामा ४१ जनाको मृत्यु भएको थियो भने ६० भन्दा बढी घाइते भएका थिए। घटनाको गम्भीरता र ठूलो जनधन क्षतिका कारण सर्वोच्च अदालतको आदेशपछि विशेष अनुसन्धान टोलीबाट केस सीबीआईमा हस्तान्तरण गरिएको थियो।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार र्‍यालीकै क्रममा एक ९ वर्षीया बालिका हराएपछि विजयले मञ्चबाटै प्रहरी र कार्यकर्तालाई खोजी गर्न आग्रह गरेका थिए। त्यसपछि भीड अनियन्त्रित बन्दा भागदौड मच्चिएको थियो।

प्रशासनबाट र्‍यालीका लागि १० हजार जनाको मात्र अनुमति लिइएको भए पनि करिब १ लाख २० हजार समर्थक सहभागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अत्यधिक भीड नै दुर्घटनाको मुख्य कारण बनेको सीबीआईको निष्कर्ष छ।

सीबीआईले यसअघि नै पार्टीका पदाधिकारी र कार्यक्रम आयोजकहरूसँग सोधपुछ गरिसकेको छ। विजयको बयानपछि घटनासम्बन्धी चार्जसिट दायर गर्ने तयारी भइरहेको स्रोतले बताएका छन्।

विजयले गत वर्ष फेब्रुअरी २ मा नयाँ राजनीतिक दल टीभीकेको घोषणा गरेका थिए। अगस्टमा पार्टीको झण्डा र चुनाव चिह्न सार्वजनिक गरिएको थियो भने सेप्टेम्बर ८ मा निर्वाचन आयोगले दललाई औपचारिक मान्यता दिएको थियो।

राजनीतिमा पूर्णकालीन रूपमा सक्रिय हुने लक्ष्यसहित विजयले अभिनयबाट संन्यास लिने घोषणा पनि गरिसकेका छन्। डिसेम्बर २९ मा आफ्नो फिल्म ‘जन नायकन’ को अडियो सार्वजनिक कार्यक्रममा उनले अब आफू जनताको सेवामा समर्पित हुने बताएका थिए। 

सन् २०२६ अप्रिलमा रिलिज हुने तयारीमा रहेको ‘जन नायकन’ नै उनको करियरको अन्तिम फिल्म हुने बताइएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ४५ बजे

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिम अवस्थामा राहदानी सेवा अवरुद्ध हुनसक्ने : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत