काठमाडौं– जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनको लागि ३ जनालाई उम्मेदवार बनाएको छ । जसमा चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई जसपा नेपालले आफ्नो उम्मेदवार चयन गरेको हो।
मधेश प्रदेशबाट अल्पसंख्यकतर्फ चौधरी, महिलाबाट साह र दलिततर्फ दासलाई जसपा नेपालले उम्मेदवारको रुपमा अघि सारेको छ ।
जनकपुरस्थित निर्वाचन आयोगमा तीनै जना उम्मेदवारले आ-आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। गठबन्धनका साझा उम्मेदवार महन्थ ठाकुरलाई भने जसपा नेपालले समर्थन गरेको छ ।













प्रतिक्रिया