गण्डकी– राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट शंकर बराल र लक्ष्मी बाँस्कोटाले उम्मेदवारी दिएका छन् । पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचनका लागि महिला क्लष्टरबाट बाँस्कोटाले र अन्य क्लष्टरबाट बरालले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि बरालले जनमोर्चाले अन्य दलसँग गठबन्धन नगरेको बताउँदै आफ्ना मत सुरक्षित गर्न उम्मेदवारी दर्ता गरेको बताए।













प्रतिक्रिया