सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित, बिरामी मर्कामा  « Khabarhub

सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सीमित, बिरामी मर्कामा 


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढीस्थित सेती प्रादेशिक अस्पतालले डायलाइसिस सेवामा अत्यधिक चाप बढेपछि नयाँ बिरामी तथा आपत्कालीन बाहेकका सेवाग्राहीलाई सेवा दिन नसकिने बताएको छ । 

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार हाल अस्पतालमा २१ वटा डायलाइसिस मेसिनमार्फत २०० भन्दा बढी नियमित बिरामीलाई सेवा प्रदान हुँदै आएको छ। नियमित बिरामीको संख्या अत्यधिक बढेकाले डायलाइसिस सेवामा चाप परेको अस्पतालले जनाएको छ।

यही कारण देखाउँदै अस्पतालले आपत्कालीन बाहेकका नयाँ बिरामी तथा नयाँ नियमित बिरामीलाई डायलाइसिस सेवा तत्कालका लागि प्रदान गर्न नसकिने स्पष्ट पारेको छ। सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको अस्पताल प्रशासनले जनाएको छ।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था भएकाले डायलाइसिस सेवामा देखिएको यो सीमितताले मिर्गौला रोगी बिरामीहरू थप समस्यामा पर्ने देखिएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : २९ बजे

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा

महोत्तरी – महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन्

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा

प्रदेशमा विकास निर्माण तथा योजनाको कार्य ठेक्का प्रक्रियाबाट हुने : मुख्यमन्त्री यादव

जनकपुरधाम–  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सुशासन कायम