गण्डकीमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता « Khabarhub

गण्डकीमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाले उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

गण्डकी प्रदेशबाट रिक्त दुई राष्ट्रियसभा सदस्य मध्ये एक जना महिला र अर्को अन्य समूहका लागि मनोनयन दर्ता गरिएको हो ।
राष्ट्रियसभाको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर उम्मेदवारी दिएका छन् । जसमध्ये महिलाबाट नेकपा एमालेकी सम्झना देवकोटा (गोरखा)को उम्मेदवारी परेको छ भने अन्यबाट नेपाली कांग्रेसका जगत् तिमल्सिना (तनहुँ)को उम्मेदवारी परेको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा एमालेका सचिव खगराज अधिकारीसहितको टोलीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कपिल लामा(मनाङ) र गोमा घिमिरे लुइँटेल (कास्की)को उम्मेदवारी परेको छ भने राष्ट्रिय जनमोर्चाकातर्फबाट लक्ष्मी बास्कोटा (बागलुङ), शङ्कर बराल (कास्की)को उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २२९ मतदाता छन् । एक प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिँदा गण्डकीमा कूल मतभार छ हजार ३५७ छ ।

यसअघि गण्डकीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का भगवती न्यौपाने र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठको कार्यकाल सकिन लागेकाले निर्वाचन हुन लागेको हो । 

न्यौपाने महिला समूहबाट र श्रेष्ठ अन्यबाट निर्वाचित बनेकाले सोही समूहबाट नयाँ उम्मेदवारी दर्ता गरिएको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । 

गण्डकी प्रदेशमा प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार १२७ र स्थानीय तहका प्रतिनिधिको तीन हजार २३० गरी कूल मतभार छ हजार ३५७ रहेको छ । गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एक सदस्य रिक्त छ । रासस

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ७ : ११ बजे

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ

एमालेको निष्कर्ष : ​अन्तर्राष्ट्रिय शक्तिले ‘कलर रिभोलुसन’मार्फत् नेपालमा अस्थिरता निम्त्याउन खोजे

​काठमाडौं – नेकपा (एमाले)ले मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनलाई पार्टी

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन