भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु « Khabarhub

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गङ्गा सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

मृतक सारुका श्रीमान् नरबहादुर सारुका अनुसार गङ्गा सारु मङ्गलबार बिहान ८ बजे कसैलाई घरबाट जानकारी नदिइ बाहिर निस्केकी थिइन् ।

आज बिहान ९ बजेको समयमा सारुको दुई नातिनीले घरदेखि १०० मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा सारुले लगाएका कपडा चप्पलसहित सोही स्थानमा रगत देखेको र करिब ६०० मिटर पूर्वतर्फ महिलाको टाउको भेटिएको भनी १०ः३० बजे अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतमा जानकारी गराएका थिए ।

उक्त जानकारीपश्चात् प्रहरी, नेपाली सेनाको टोली, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिसहितको २०र२५ जनाको टोली खटिएको थियो । खोजतलासका क्रममा महिलाको टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ महिलाको शरीरका अन्य भाग फेला परेको प्रहरी उपरीक्षक शाहीले बताए । उनका अनुसार बाघले महिलाको बायाँ खुट्टा, हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा शरीर फेला परेको थियो ।

त्यसैगरी, सुर्खेत प्रहरीले आजै लेकबेंसी नगरपालिका–९ सुर्खेतका ३८ वर्षीय धनबहादुर रावतलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ९ : ३० बजे

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत

झापामा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँको क्षति

बनियानी– झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म