भारतको मुद्रास्फीति लक्ष्य ४ प्रतिशत कायम रहने « Khabarhub

भारतको मुद्रास्फीति लक्ष्य ४ प्रतिशत कायम रहने


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको केन्द्रीय बैंकले मुद्रास्फीति दरको लक्ष्य ४ प्रतिशतमा कायम राख्ने भएको छ । मुद्रास्फीति दर ४ प्रतिशत निर्धारण गरिएपनि दुईदेखि छ प्रतिशतसम्म हुनसक्ने अपेक्षा गरिएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया आरबीआईले यस्तो लक्ष्य हरेक पाँच वर्षमा निर्धारण गर्दै आएको छ । रोयटर्सका अनुसार अबको अध्यावधिक अवधि आगामी मार्चमा सकिँदैछ ।

यसबारे भारतको वित्त मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ । यसअघि सेप्टेम्बर महिनामा पनि रोयटर्सले मुद्रास्फीति लक्ष्य ४ प्रतिशत कायम राख्नेबारे आरबीआईले विचार गरिरहेको समाचार सार्वजनिक गरेको थियो ।

भारतले मुद्रास्फीति लक्ष्यको रुपरेखा सन् २०१६ मा लागू गरेको थियो । यो रुपरेखा सन् २०२१ मा परिमार्जन गरिएको थियो । सो लक्ष्य हासिल गर्ने जिम्मेवारी आरबीआईलाई दिइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : २१ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको