बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू) « Khabarhub

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित गजराम पर्वत पछिल्लो समय पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ।

समुद्री सतहबाट ३ हजार १२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेष गरी जाडोयाममा बिहान सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

बिहानको पहिलो किरणसँगै कुहिरो चिर्दै उदाउने सूर्य, खुला आकाशमा प्रस्ट देखिने हिमशृङ्खला र चारैतिर फैलिएको हरियालीले यहाँ आउने पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ।

बेथानचोक नारायणस्थान काभ्रेपलाञ्चोक जिल्लाकै उच्च स्थानमध्ये एक हो, जहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटकलाई पनि आकर्षित गरिरहेको छ।

प्रकृति प्रेमी, तथा साहसिक यात्रामा रुचि राख्नेहरूका लागि गजराम पर्वत एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

तस्बिर : नेपाल फोटो लाइब्ररी

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ९ : २६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम