आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा « Khabarhub

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु भएको छ । विश्वकपका खेलहरू भारत र श्रीलङ्कामा हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेदरल्याण्ड्स मैदानमा उत्रिएका छन् ।

श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले सुरुमा ब्याटिङ गरेको छ ।

यस्तै, आज सवा ३ बजे भारतको इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्ड तथा सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे रंगशालामा खेल हुनेछ ।

प्रतियोगितामा २० वटा टोली सहभागी हुँदैछन् । टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् । यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् ।

यसैगरी, समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा रहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ११ : १७ बजे

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको