आईसीसी टी–२० विश्वकप : नेदरल्याण्ड्सबाट पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य « Khabarhub

आईसीसी टी–२० विश्वकप : नेदरल्याण्ड्सबाट पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पार्ट्स क्लब क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको छ ।

नेदरल्याण्ड्सका स्कट एडवार्डले सर्वाधिक ३७ रनको योगदान दिए ।

पाकिस्तानका सलमान मिर्जाले तीन, मोहम्मद नवाज, अबरर अहमेद, सइम अयुवले दुई–दुई तथा शाहीन शाहले एक विकेट लिए ।

यस्तै, आज सवा ३ बजे भारतको इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्ड तथा सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे रंगशालामा खेल हुनेछ ।

प्रतियोगितामा सहभागी २० वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् ।

यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान, समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् ।

यसैगरी, समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा रहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १ : ०३ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको