धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो « Khabarhub

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका विरुद्ध एचपीभी खोप लगाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित एचपीभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यालय प्रमुख उमेश यादवले निःशुल्क रुपमा दिइने सो खोप जनकपुरसहित धनुषामा १६ हजार ९०० किशोरीलाई लगाइएको बताए। 

सो खोप १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लगाइएको उल्लेख गर्दै उनले सो खोप शतप्रतिशत किशोरीलाई दिने सरकारको लक्ष्य रहेकाले आइतबारदेखि कक्षा ६ का किशोरीलाई खोप दिने तयारी भइरहेको छ भने।
 
खोपका सम्बन्धमा जानकारी दिनका लागि विद्यालयका शिक्षकहरूलाई समेत अभिमुखीकरण गरिएको प्रमुख यादवले बताए। नेपालमा बर्सेनि दुई हजार १६९ जना  महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको उनीद्वारा प्रस्तुत विवरणमा उल्लेख छ । पटक–पटक भएर २० वर्षसम्म सङ्क्रमण रही रह्यो भने क्यान्सर रोग लाग्ने सम्भावना अत्यधिक रहेको छ ।
 
सो कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मदरशाका किशोरीहरूलाई समेत उक्त खोप लगाउन चेतना जागृत गराउनुपर्ने विचार व्यक्त गरे। 

सोही अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले यो खोप अभियान कार्य अत्यन्त महत्वपूर्ण रहेकाले विद्यालय बाहिरका किशोरीहरुलाई समेटेर शतप्रतिशतलाई खोप लगाउनुपर्ने सुझाव दिए ।
 

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ५ : २४ बजे

‘इजरायलले लेबनानमा गरेको आक्रमणमा आठ जनाको मृत्यु’

एजेन्सी– इजरायलले दक्षिणी लेबनानको  हेजबुल्लाह गढका क्षेत्रहरूमा निकासी आह्वान जारी

मतदान सकियो, लाइन लागेकाले भोट हाल्न पाउने

काठमाडौं- प्रतिनिधिसभाका लागि भएको मध्यावधि निर्वाचनको मतदान सकिएको छ। बिहान

मध्यपूर्व युद्धले रूस–युक्रेन वार्ता रोकियो : जेलेन्स्की

एजेन्सी– मध्यपूर्वमा चर्किएको इरानसम्बन्धी युद्धका कारण संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा

उत्तरी गोरखामा समय अगावै सकियो मतदान

गोरखा– उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ ।

अपराह्‍न ४ बजेसम्म देशभर ४५ प्रतिशत मात्रै मतदान 

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी