टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित « Khabarhub

टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको छ । भारतको कोल्कातास्थित इडेन गार्डेन्समा भएको खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो ।

खेलमा वेस्ट इण्डिजले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको स्कटल्याण्ड खेल सकिन ७ बल अगावै १ सय ४७ रनमा समेटियो । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले २४ बलमा ४२ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । सो क्रममा उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी, स्कटल्याण्डका टम ब्रुसले २८ बलमा ३५ रन बनाए भने जर्ज मुन्सेले १९ रन जोडे ।

बलिङतर्फ वेस्ट इण्डिजका रोमारियो शेफर्ड एक्लैले ५ विकेट लिए । जेसन होल्डरले तीन विकेट लिँदा गुडकेश मोती र शमार जोसेफले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पारेको थियो । वेस्ट इण्डिजका शिमरन हेटमायरले ३६ बलमा ६४ रनको विस्फोटक पारी खेले । सो क्रममा उनले दुई चौका र छ छक्का प्रहार गरे ।

त्यसैगरी, ब्रान्डन किङले ३० बलमा ३५ रन बनाए । शेरफेन रुथफोर्डले १३ बलमा २६ रन बनाउँदा रोभमन पावेलले १४ बलमा २४ रन जोडे ।

बलिङतर्फ स्कटल्याण्डका ब्राढ कुरीले दुई विकेट लिए । त्यस्तै, माइकल लिस्क, ओलिभर डेभिडसन र सफयान शरिफले समान एक विकेट लिए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ७ : १२ बजे

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक