टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य « Khabarhub

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले अमेरिकालाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनायो ।

भारतीय टोलीका सुर्यकुमार यादवले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक प्रहार गरे । उनले टोलीको इनिङ्स सम्हाल्दै तीव्र गतिमा रन जोडे । ४९ बलको सामना गरेका यादवले १० चौका र ४ छक्कासहित ८४ रन बनाए ।

इशान पाण्डेले २० रन बनाए भने तिलक बर्माले २५ रनको योगदान दिए । अभिषेक शर्मा शून्य रनमा आउट भए । अक्षर पटेलले १४ रन बनाए । अन्य खेलाडीको ब्याटिङ भने उल्लेखनीय हुन सकेन ।

अमेरिकाका बलर शाडली भ्यान शाल्कविक उत्कृष्ट देखिए । उनले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर चार विकेट लिए । त्यस्तै हर्मित सिंहले दुई विकेट लिए भने अलि खान र मोहम्मद मसिनले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ९ : १३ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको