गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा « Khabarhub

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्ला सुरक्षा समितिले १४५ मतदानस्थलमध्ये ४८ अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थललाई सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ ।

भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका गतिविधि, सञ्चार सम्पर्क, यातायातको पहुँच, आपराधिक गतिविधि, दलहरूबीचको प्रतिस्पर्धा, सुरक्षा संवेदनशीलतालगायत विषय र अवस्थाको अध्ययन गरी सोही आधारमा उक्त मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले अतिसंवेदनशील भनिएका उक्त मतदानस्थलको निरीक्षण तथा अवलोकनसमेत गरिसकेको छ । समितिद्वारा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित ढङ्गबाट सम्पन्न गर्नका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार जिल्लामा दु्रत गतिमा काम गरिरहेको उनले उल्लेख गरे ।

मुसिकोट नगपालिका–४ मा रहेको मुसिकोट माविबाट जनता आधारभूत विद्यालय आरुपाटामा आंशिक रूपमा ५१६ जना मतदातालाई सार्नका लागि समितिले गरेको सिफारिस आयोगबाट स्वीकृत भएको समितिका अध्यक्ष गैह्रेले जानकारी दिए ।

उनका अनुसार यस पटकको निर्वाचनका लागि जिल्लामा तीन वटा मतदानस्थल थप गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मतदानस्थल पुनरावोलकन समितिको सिफारिसमा निर्वाचन आयोगद्वारा उक्त मतदानस्थल थप गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

नयाँ थप गरिएका मतदानस्थलमा सत्यवती गाउँपालिका‐६ को वडा कार्यालय, मुसिकोट‐१ स्थित सेवा केन्द्र सिम्ले र गुल्मीदरबार गाउँपालिका‐१ स्थित बलिथुम नरहरि कँडेल माध्यमिक विद्यालय रहेका छन् । जिल्लामा कारागारका कैदी र कर्मचारीका लागि कारागार कार्यालय र रुद्ववेणी वृद्धाश्रममा रहेका वृद्धवृद्धाका लागि सोही वृद्धाश्रममा मतदान केन्द्र राख्नसमेत आयोगमा सिफारिस गरिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा हाल एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य दुई जना मतदाता छन । जिल्लामा हाल १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ९ : ५७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी