डाक्टर तोसिमालाई फेरि अवसर « Khabarhub

डाक्टर तोसिमालाई फेरि अवसर


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर–३ बाट डा. तोसिमा कार्की पुनः दोहोरिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कार्की विजयी भएकी छिन् ।

उनी ४३ हजार ९६ मतका साथ विजयी भएकी हुन् । प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे भने नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गरेका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले देशभर जनताको जित भएको भन्दै रास्वपाले जित मात्रै नभई देशको जिम्मेवारी लिएको बताइन् ।

०७९ को निर्वाचनमा प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाललाई कार्कीले पराजित गरेकी थिइन् । उनले ३१ हजार १०६ मतसहित विजय प्राप्त गर्दा पम्फाले ८ हजार ७६९ मत प्राप्त गरेकी थिइन् ।

कार्कीले यसअघि १९ दिन नेपालको स्वास्थ्य मन्त्रालयका लागि राज्यमन्त्रीको रूपमा काम गरेकी थिइन् ।

उनी पेसाले चिकित्सक (जनरल सर्जन) हुन् । उनले सो पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएकी हुन् । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीको कोखबाट वि.सं २०४६ मा तोसिमाको जन्म भएको हो ।

ललितपुर महानगरपालिका १८ नख्खुखोला मार्ग निवासी तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गरेकी थिइन् ।

उनले मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमबीबीएस सम्मको अध्ययन पूरा गरेकी हुन् । काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स गरेकी उनी नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य समेत भएर काम गरिन् ।

सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उनले भूकम्पमा विभिन्न स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरिन् । सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय रहिन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ०७ बजे

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल