समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा « Khabarhub

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना भएको छ।

प्राप्त मत परिणामअनुसार दलगत प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा अगाडि देखिएको छ।

हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २६,२४९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।

नेपाली कांग्रेसले ८,४०९ मतसहित दोस्रो स्थान ओगटेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले ३,६६० मत प्राप्त गरेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३,६०३ मत प्राप्त गरेको छ। नेपाली कम्युनिष्ट पार्टीले १,१९६ मत पाएको छ भने श्रम संस्कृति पार्टीले १,११४ मत प्राप्त गरेको छ।

अन्य दलमध्ये राष्ट्रिय परिवर्तन पार्टीले ६६७ मत, नेपाल मजदुर किसान पार्टीले २३२ मत र नेपाल जनता संरक्षण पार्टीले १०८ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाममा पनि रास्वपाले पकड बनाएर दुईतिहाइ नजिक पुग्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : ०९ बजे

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन