काठमाडौँमा रास्वपाको क्लिनस्वीप : कसले कति मत पाए ? « Khabarhub

काठमाडौँमा रास्वपाको क्लिनस्वीप : कसले कति मत पाए ?


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशको राजधानी काठमाडौँका १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ।नेपालको निर्वाचन इतिहासमा रास्वपाले पहिलो पटक देशको राजधानी काठमाडौँमा शतप्रतिशत जित निकाल्दै क्लिनस्वीप गरेको हो।

अघिल्लो निर्वाचनमा काठमाडौँका ४ क्षेत्रमा मात्र जित निकालेको रास्वपाले यो पटक १० क्षेत्रमा पुराना दललाई पाखा लगाउँदै क्लिनस्वीप गरेको हो।

काठमाडौँ १ मा रञ्जु दर्शना न्यौपानेले विजयी भएर खाता खोलेकी थिइन्। काठमाडौँ–२ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएर पहिलो पटक क्लिनस्वीप गरेका हुन्।

काठमाडौँमा ०७९ सालमा भएको निर्वाचनमा काठमाडौँबाट निर्वाचित भएका केही उम्मेदवार दोहोरिएका छन्। काठमाडौँ २ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए।काठमाडौँ २ बाट अघिल्लो निर्वाचनमा विजयी सोविता यो पटक चितवन–३ मा उम्मेदवार बनेकी छन्।

रास्वपा उम्मेदवार काठमाडौँमा विजयी मात्र भएका छैनन् भारी मतसमेत ल्याएका छन्।काठमाडौँ–१ मा न्यौपानेले १५ हजार ४५५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत मात्र पाएका छन्।

काठमाडौँ क्षेत्र नम्बर २ मा सुनिल केसीले ३४ हजार २३८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका कबिर शर्माले आठ हजार ८७४ मत मात्र पाए।

काठमाडौँ–३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत मात्र पाए।

काठमाडौँ–४ अर्थात् गगन थापाको क्षेत्रमा रास्वापाका पुकार बमले २९ हजार २४२ मत पाउँदा कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत मात्र पाए।

काठमाडौँ–५ मा सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ९ हजार १५९ मत पाएका छन्।

काठमाडौँ–६ मा शिशिर खनालले २७ हजार ७१९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मात्र मत पाए।

काठमाडौँ–७ मा गणेश पराजुली २७ हजार ८०५ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसका प्रमोदहरि गुरागाईले तीन हजार ९८२ मत मात्र पाए।

काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले तीन हजार २१७ मत मात्र ल्याए।

काठमाडौँ–९ मा डिपी अर्यालले ३५ हजार ९३ मत ल्याएर विजयी हुँदा कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याएकी छन्।

काठमाडौँ–१० मा प्रदीप विष्ट ३७ हजार ४६९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार हिमाल कार्की आठ हजार १०० मत ल्याएर पराजित भएका छन्।

काठमाडौँमा क्लिनस्वीप गरेको रास्वपाले उपत्यकाका तीन जिल्लाका १५ सिटमै बाजी मार्ने देखिन्छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : ३० बजे

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन