गुल्मी-२ : रास्वपाका गोविन्द पन्थी विजयीः एमालेका गोकर्ण विष्ट पराजित « Khabarhub

गुल्मी-२ : रास्वपाका गोविन्द पन्थी विजयीः एमालेका गोकर्ण विष्ट पराजित


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्टले १६ हजार ३८२ मत प्राप्त गरे।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले तीन हजार ७९ मत प्राप्त गरेका छन्।

गुल्मी–२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। निर्वाचन आयोगले यो क्षेत्रको आधिकारिक परिणाम सार्वजनिक गर्ने तयारीमा गरिरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ११ : ५४ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका