प्रतिनिधिसभा निर्वाचन : रास्वपाको एकछत्र वर्चस्व, ३६ सिट जितिसक्दा ८३ क्षेत्रमा अगाडि « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : रास्वपाको एकछत्र वर्चस्व, ३६ सिट जितिसक्दा ८३ क्षेत्रमा अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत हालसम्मको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा अगाडि देखिएको छ।

शनिबारसम्म सार्वजनिक भएको पछिल्लो तथ्यांकअनुसार रास्वपाले ३६ सिटमा जित हासिल गरिसकेको छ । अहिले ऊ ८३ निर्वाचन क्षेत्रमा अग्रतासहित एकछत्र नतिजातर्फ देखिएको छ।

यस्तै नेपाली कांग्रेसले ६ सिट जित्दा १० क्षेत्रमा अग्रता बनाइरहेको छ। नेकपा (एमाले) ले २ सिट जितेको छ भने ९ क्षेत्रमा अघि रहेको छ।

तर नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाहीमा पराजित हुने खतरा बढेको छ। उता महामन्त्री प्रदीप पौडेल काठमाडौं ६ मा पराजित भइसकेका छन् ।

उता एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश पदाधिकारीको पराजय भइसकेको छ। ओली पराजित भएको औपचारिक परिणाम मात्रै आउन बाँकी छ ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले २ सिट जित्दै ७ क्षेत्रमा अग्रता कायम गरेको छ। श्रम संस्कृति पार्टीले हालसम्म कुनै सिट जित्न सकेको छैन तर ४ क्षेत्रमा अगाडि रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ क्षेत्रमा अग्रस्थानमा रहेको छ । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले हालसम्म कुनै सिटमा जित र अग्रता हासिल गर्न सकेका छैनन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ३९ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको