प्रतिनिधिसभा निर्वाचन : रास्वपाको एकछत्र वर्चस्व, ३६ सिट जितिसक्दा ८३ क्षेत्रमा अगाडि « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : रास्वपाको एकछत्र वर्चस्व, ३६ सिट जितिसक्दा ८३ क्षेत्रमा अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत हालसम्मको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा अगाडि देखिएको छ।

शनिबारसम्म सार्वजनिक भएको पछिल्लो तथ्यांकअनुसार रास्वपाले ३६ सिटमा जित हासिल गरिसकेको छ । अहिले ऊ ८३ निर्वाचन क्षेत्रमा अग्रतासहित एकछत्र नतिजातर्फ देखिएको छ।

यस्तै नेपाली कांग्रेसले ६ सिट जित्दा १० क्षेत्रमा अग्रता बनाइरहेको छ। नेकपा (एमाले) ले २ सिट जितेको छ भने ९ क्षेत्रमा अघि रहेको छ।

तर नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाहीमा पराजित हुने खतरा बढेको छ। उता महामन्त्री प्रदीप पौडेल काठमाडौं ६ मा पराजित भइसकेका छन् ।

उता एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश पदाधिकारीको पराजय भइसकेको छ। ओली पराजित भएको औपचारिक परिणाम मात्रै आउन बाँकी छ ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले २ सिट जित्दै ७ क्षेत्रमा अग्रता कायम गरेको छ। श्रम संस्कृति पार्टीले हालसम्म कुनै सिट जित्न सकेको छैन तर ४ क्षेत्रमा अगाडि रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ क्षेत्रमा अग्रस्थानमा रहेको छ । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले हालसम्म कुनै सिटमा जित र अग्रता हासिल गर्न सकेका छैनन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ३९ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्