बैतडी–१ मा रास्वपाका हरि २३३ मतान्तरले अगाडि « Khabarhub

बैतडी–१ मा रास्वपाका हरि २३३ मतान्तरले अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले मतान्तर बढाउँदै अग्रता लिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ७ हजार ६५४ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दामोदर भण्डारीले ७ हजार ४२१ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर २३३ रहेको छ।


यस्तै नेपाली कांग्रेसका चतुर बहादुर चन्दले  ६ हजार १७९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले २ हजार ९०८ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्दले ५५९ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का राम बहादुर कुँवरले १३७ मत ल्याएका छन्। यहाँ प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ३७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको