क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा « Khabarhub

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै पनि सैन्य आक्रमण नगरिने स्पष्ट पारेका छन् ।

इरानको अन्तरिम नेतृत्व परिषद्ले हिजो एक विशेष निर्णय पारित गर्दै छिमेकी देशहरूको भूमि प्रयोग गरी इरानमाथि आक्रमण नभएसम्म ती देशहरूलाई निशाना नबनाउने नीति तय गरेको उनले जनाए ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति पेजेस्कियानले यसअघिका दिनहरूमा छिमेकी राष्ट्रहरूमा भएका सैन्य कारबाहीप्रति दुःख व्यक्त गर्दै क्षमायाचना समेत गरेका छन् ।

इरानको यो पछिल्लो कदमलाई क्षेत्रीय तनाव कम गर्ने र छिमेकीहरूसँगको कुटनीतिक सम्बन्धलाई सुदृढ बनाउने प्रयासको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  २ : ०२ बजे

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड