पूर्वप्रधानमन्त्री माधव नेपाल पराजित, रास्वपाका चौधरीले भत्काए कम्युनिस्ट किल्ला « Khabarhub

पूर्वप्रधानमन्त्री माधव नेपाल पराजित, रास्वपाका चौधरीले भत्काए कम्युनिस्ट किल्ला


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका छन्। जहाँ नेकपा एमालेका अजयकुमार गुप्ता दोस्रो हुँदा नेकपाका सहसंयोज्ञक माधवकुमार नेपाल चौथो स्थानमा सीमित भएका छन् । 

निर्वाचन आयोगका अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै जित निकालेका हुन् । जहाँ नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ता १८ हजार २५३ मतान्तरले पराजित भए। गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याएका छन्। नेकपाबाट उम्मेदवार माधवकुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गरेका छन्। उनी यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका थिए ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार योगेन्द्रराय यादवले ६ हजार ८४६ मत पाएका छन्। जनमत पार्टीका देवेन्द्र मिश्रले ८८१ मत प्राप्त गर्दा आम जनता पार्टीका त्रिभुवन साहले ३३८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ३ : ३९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको