पूर्वप्रधानमन्त्री माधव नेपाल पराजित, रास्वपाका चौधरीले भत्काए कम्युनिस्ट किल्ला « Khabarhub

पूर्वप्रधानमन्त्री माधव नेपाल पराजित, रास्वपाका चौधरीले भत्काए कम्युनिस्ट किल्ला


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका छन्। जहाँ नेकपा एमालेका अजयकुमार गुप्ता दोस्रो हुँदा नेकपाका सहसंयोज्ञक माधवकुमार नेपाल चौथो स्थानमा सीमित भएका छन् । 

निर्वाचन आयोगका अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै जित निकालेका हुन् । जहाँ नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ता १८ हजार २५३ मतान्तरले पराजित भए। गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याएका छन्। नेकपाबाट उम्मेदवार माधवकुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गरेका छन्। उनी यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका थिए ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार योगेन्द्रराय यादवले ६ हजार ८४६ मत पाएका छन्। जनमत पार्टीका देवेन्द्र मिश्रले ८८१ मत प्राप्त गर्दा आम जनता पार्टीका त्रिभुवन साहले ३३८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ३ : ३९ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका