पाल्पा–१ मा कांग्रेस-एमालेबीच कडा टक्कर, रास्वपा तेस्रो स्थानमा « Khabarhub

पाल्पा–१ मा कांग्रेस-एमालेबीच कडा टक्कर, रास्वपा तेस्रो स्थानमा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले ३१ वर्षपछि प्रतिस्पर्धात्मक स्थिति देखाएको छ। ३८ वर्षीय कांग्रेस उम्मेदवार सन्दीप रानाले नेकपा एमालेका नारायण आचार्यलाई कडा टक्कर दिइरहेका छन्।

अहिलेसम्मको मत परिणाम अनुसार रानाले १४ हजार २७५ मत प्राप्त गरेका छन् भने आचार्य १४ हजार  ३८७ मतसहित सानो अग्रता कायम राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्त ११ हजार ५०७ मतसहित तेस्रो स्थानमा छन्।

यस क्षेत्र कांग्रेसले २०५१ सालपछि प्रतिनिधि सभा निर्वाचनमा जित निकाल्न सकेको थिएन। यसपटक मतदाताले मतपरिणाममा परिवर्तनको संकेत दिएका छन्।

अहिलेसम्म माथागढी, तानसेन–८, तिनाउ–५, निस्दी, रम्भा, पूर्वखोला र रामपुर नगरपालिका–१, २, ३, ४ र ६ का मतगणना सम्पन्न भइसकेको छ। रामपुर नगरपालिकाका बाँकी ४ वडाको मतगणनाले अन्तिम नतिजामा निर्णायक भूमिका खेल्ने अनुमान गरिएको छ।

एमालेका आचार्य यस क्षेत्रका २०७४ र २०७९ का प्रतिनिधि सभा सदस्य हुन्, जसले यस प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : ३७ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।