जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत « Khabarhub

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।

यस जितसँगै राप्रपाले यो निर्वाचनमा पहिलो जित निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सुनामी चलेका बेला शाहीको जितसँगै अब संसद्मा राजा र हिन्दु राष्ट्रको एजेन्डा बोल्ने उनी मात्रै हुने भएका छन् ।

पछिल्लो समय राप्रपाका अन्य सबै उम्मेदवार पराजित या पराजयको मुखमा पुगिसकेका छन् । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाका प्रकाश पाठकसँग १८ हजार मतले पछि परेका छन् ।

उता काठमाडौं १ मा रवीन्द्र मिश्र र काठमाडौं ५ मा कमल थापाले पनि फराकिलो पराजय भोगिसकेका छन् । मकवानपुर १ मा रास्वपाको आँधी चल्दा राप्रपाका दीपक सिंह पाँचौँ स्थानमा छन् ।

शनिबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार शाहीले राप्रपाको बिउ जोगाउँदै १४ हजार ६५ मत प्राप्त गरे।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी ११ हजार १२३ मतमा समेटिए। शाहीले भण्डारीलाई दुई हजार ९४२ मतान्तरले हराएका हुन् ।

तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ६ हजार ६६४ मत पाए। नेकपा (एमाले) का उम्मेदवार शान्तीलाल महतले ४ हजार २८८ मत ल्याए ।

तर यहाँ सबैभन्दा दुर्भाग्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतको भयो । देशभर रास्वपाको सुनामी चल्दा उनी केबल ३९८ मतमा समेटिइन् । रास्वपा उम्मेदवारका रुपमा उनको यो सबैभन्दा लज्जास्पद हार हो ।

हजार मत पनि कटाउन नसकेका कारण उनको जमानत जफत भएको छ। कठायत यसअघि रास्वपाबाट समानुपातिक सांसद थिइन्। तर यस पटक उनले जुम्लामा रास्वपाको सुनामीलाई पुर्‍याउन नसक्दा लज्जास्पद पराजय भोगिन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : ४० बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन