सुनसरी–१ मा ४ हजार मतले अघि बढे माटोका हर्कराज साम्पाङ « Khabarhub

सुनसरी–१ मा ४ हजार मतले अघि बढे माटोका हर्कराज साम्पाङ


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी (माटो) का उम्मेदवार हर्कराज साम्पाङले ४ हजार मतको अग्रता बनाएका छन् ।

उनले हालसम्मको मतगणनाअनुसार १२ हजार ६८३ मत प्राप्त गरिसकेका छन् । यहाँ निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङ सरिनले ८,४९८ मत प्राप्त गरेकी छन्। उनी २०७९ को चुनावमा पनि जसपाका अशोक राईसँग पराजजित भएकी थिइन् ।

अन्य उम्मेदवारहरूको स्थिति

  • नेकपा (तारा) – सूर्यबहादुर भट्टराई: २,०८० मत
  • एमाले (सूर्य) – टीकाराम लिम्बू: १,८४२ मत
  • नेका (रुख) – सुजेन्द्र तामाङ: १,३८९ मत

यहाँ सुरूमा पछि परे पनि धरान उपमहानगरपालिकाका पूर्वमेयर साम्पाङले आफुलाई बलियो बनाउँदै लगेका छन् ।

कोशीमा उनीसहित श्रमसंस्कृतिका उम्मेदवारले अहिले पनि विभिन्न पाँच स्थानमा अग्रता बनाइरहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : ४६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको