झापाका पाँचवटै क्षेत्रमा रास्वपा अगाडि, अन्तिम नतिजा आउन लाग्दा सुरक्षा व्यवस्था कडा « Khabarhub

झापाका पाँचवटै क्षेत्रमा रास्वपा अगाडि, अन्तिम नतिजा आउन लाग्दा सुरक्षा व्यवस्था कडा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायम राखेका छन्। अन्तिम मतपरिणाम नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

अहिलेसम्मको मतगणनाको प्रवृत्ति हेर्दा रास्वपाका उम्मेदवारहरू विजय नजिक पुगेका देखिएका छन्। क्षेत्र नम्बर १ मा निशा डाँगी, क्षेत्र नम्बर २ मा इन्दिरा राना, क्षेत्र नम्बर ३ मा प्रकाश पाठक, क्षेत्र नम्बर ४ मा शम्भु सुस्केरा र क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह अग्रस्थानमा छन्।

अन्तिम परिणाम सार्वजनिक हुने चरणमा पुगेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मतगणना स्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरिएको छ। मतगणना केन्द्र वरपर निगरानी बढाइएको छ भने सुरक्षाकर्मीको उपस्थिति पनि उल्लेख्य रूपमा बढाइएको छ।

यसैबीच झापाबाट प्रतिनिधिसभा सदस्यका रूपमा प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजय नजिक पुगेको मतपरिणामको प्रवृत्तिले देखाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : १२ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय