झापाका पाँचवटै क्षेत्रमा रास्वपा अगाडि, अन्तिम नतिजा आउन लाग्दा सुरक्षा व्यवस्था कडा « Khabarhub

झापाका पाँचवटै क्षेत्रमा रास्वपा अगाडि, अन्तिम नतिजा आउन लाग्दा सुरक्षा व्यवस्था कडा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायम राखेका छन्। अन्तिम मतपरिणाम नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

अहिलेसम्मको मतगणनाको प्रवृत्ति हेर्दा रास्वपाका उम्मेदवारहरू विजय नजिक पुगेका देखिएका छन्। क्षेत्र नम्बर १ मा निशा डाँगी, क्षेत्र नम्बर २ मा इन्दिरा राना, क्षेत्र नम्बर ३ मा प्रकाश पाठक, क्षेत्र नम्बर ४ मा शम्भु सुस्केरा र क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह अग्रस्थानमा छन्।

अन्तिम परिणाम सार्वजनिक हुने चरणमा पुगेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मतगणना स्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरिएको छ। मतगणना केन्द्र वरपर निगरानी बढाइएको छ भने सुरक्षाकर्मीको उपस्थिति पनि उल्लेख्य रूपमा बढाइएको छ।

यसैबीच झापाबाट प्रतिनिधिसभा सदस्यका रूपमा प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजय नजिक पुगेको मतपरिणामको प्रवृत्तिले देखाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : १२ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको