चुनाव लडेका तीन पूर्व प्रधानमन्त्रीमध्ये प्रचण्ड मात्रै पुगे सदन « Khabarhub

चुनाव लडेका तीन पूर्व प्रधानमन्त्रीमध्ये प्रचण्ड मात्रै पुगे सदन

‘शीर्ष नेता हराउने रास्वपा रणनीति’


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालै सम्पन्न निर्वाचनमा चुनाव लडेका तीनजना प्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल प्रचण्डले मात्रै संसदीय यात्रा तय गरेका छन् । यो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लडेका थिए ।

निर्वाचन लडेका तीन पूर्व प्रधानमन्त्रीमध्ये दाहालले मात्रै विजय हासिल गरेका छन् । रुकुम पूर्व १ बाट निर्वाचन लडेका दाहाल विजय हुँदा नेकपा सहसंयोजक माधव नेपाल भने रौतहट क्षेत्र नम्बर २ मा नराम्ररी पराजित भए ।

झापा-५ बाट २०४८ सालदेखि निर्वाचन लड्दै आएका एमाले अध्यक्ष ओली पनि हालसम्मको नतिजामा पराजित हुने अवस्थामा छन् ।

मतगणनाको अन्तिम नतिजा आइनसकेको भएपनि त्यहाँबाट निर्वाचन लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चुनाव जितिसकेको अवस्था छ । बालेन्द्रको मत ६० हजार छुन लाग्दा ओली १६ हजारमा खुम्चिएका छन् ।

दुवै नेता रास्वपासँग पराजित

एमाले अध्यक्ष ओलीलाई बालेन्द्रले पराजित गर्दा माधव नेपाललाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताले पराजित गरेका छन् । रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी हुँदा नेकपा एमालेका अजयकुमार गुप्ता दोस्रो भए ।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल चौथो स्थानमा सीमित भएका छन् । निर्वाचन आयोगका अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै जित निकाले । नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ता १८ हजार २५३ मतान्तरले पराजित भए । गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन् ।

कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याएका छन् । नेकपाबाट उम्मेदवार बनेका माधवकुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गरेका छन् । उनी यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका थिए ।

शीर्ष नेता पराजित गर्ने योजना थियो रास्वपाको

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि फेरिएको राजनीतिक परिवर्तनले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले सबै वैकल्पिक शक्तिलाई मिलाएर अगाडि बढ्यो । वैकल्पिक शक्तिहरू मिलाउँदै अगाडि बढ्दा धेरैले शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरु राजनीतिबाट बिदा दिनुपर्ने सर्त राखेका थिए ।

बिदा दिनुपर्ने शर्तका साथ अगाडि बढ्दा शीर्ष नेता लडेको ठाउँमा पार्टीका तर्फबाट शीर्ष नेता उठाउने र उनीहरूलाई हराउने रणनीति राष्ट्रिय स्वतन्त्र पार्टीले अपनायो । त्यसै सिलसिलामा झापा-५ बाट ओलीलाई हराउन बालेन सक्रिय भए भने प्रचण्डलाई हराउन डीपी अर्याल अथवा स्वर्णिम वाग्ले परिचालन हुने सिलसिलामा भए पनि प्रचण्ड भागेर पूर्व रुकुम पुगेको बताइन्छ ।

‘गोरखाबाट लड्ने भनेपछि हामीले हाम्रो पार्टीको महामन्त्री कविन्द्र बुल्लाकोटीलाई त्यहाँ पठाएका थियौँ तर उहाँ फेरि चितवनबाट लड्ने हुनुभयो । त्यहाँ स्वर्णिम दाइ अथवा डिपी दाइ आउने कुरा थियो फेरि उहाँ रुकुम पूर्व पुगेर जोगिनु भएको हो ।’ पार्टीका नेता पुकार बमले भनेका छन, ‘हामीले उम्मेदवारी नै तय गरिसकेपछि उहाँ जहाँ जानुहुन्छ त्यही पछ्याउन सकेनौँ ।’

पूर्व प्रधानमन्त्रीमध्ये डा. बाबुराम भट्टराई र शेरबहादुर देउवा भने निर्वाचन लडेनन् । २०७९ कै निर्वाचनमा लज्जास्पद हार बेहोरेका नेकपाका नेता झलनाथ खनाल पनि चुनावमा उठेनन् ।

नेपाली काङ्ग्रेसका शीर्ष नेता डा. शेखर कोइरालालाई पनि रास्वपाकै उम्मेदवार रुबिना आचार्यले हराइन् । पार्टी सभापति गगन थापालाई पनि कांग्रेसकै पूर्व सहकर्मी डा. अमरेशकुमार सिंहले ७ हजार मतान्तरले चुनौती दिइरहेका छन् ।

यता एमाले महासचिव शंकर पोखरेल, शीर्ष नेता ईश्वर पोखरेल, नेकपाका शीर्ष नेता भीम रावल लगायत कोही पनि सुरक्षित भएनन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : ३२ बजे

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।