पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए « Khabarhub

पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टसल अन्तत: चुनावी परिणाममा पुगेर टुंगिएको छ।

काठमाडौं महागनर प्रमुख हुँदा ओलीले प्रधानमन्त्री रहेका बेला पटक पटक असहयोग गरेपछि बदलाभावले झापा क्षेत्र नम्बर ५ मा पुगेका बालेन्द्रले ओलीलाई ४९ हजार ६१४ मतको भारी अन्तरले पराजित गरेका हुन् ।

बालेन्द्रले विजयी हुने क्रममा संसदीय इतिहासकै सर्वाधिक अर्थात् ६८ हजार ३४८ मत पाएका छन्, त्यो पनि ओलीकै गृहजिल्लामा । पराजित भएका ओलीले १८ हजार ७३४ मत मात्रै पाउन सफल भएका छन् ।

यससँगै ७३ वर्षीय ओलीको संसदीय राजनीतिक यात्रामा करिब पूर्णविराम लागेको छ । उता बालेन्द्र भने रास्वपालाई झन्डै दुईतिहाइ संसदीय सिट दिलाउन सफल भएसँगै भावी प्रधानमन्त्रीका रुपमा अग्रस्थानमा देखिएका छन् ।

ओलीले संसदीय चुनावमा पराजय भोगेको यो दोस्रोपटक हो । उनले झापामै ६ पटक जितेका थिए । २०६४ सालको संविधान सभा चुनावमा माओवादी लहर चलेका बेला विश्वदीप लिङ्देनसँग उनी झापा ७ मा हारेका थिए ।

२०७९ सालको चुनावमा झापा ५ बाट ओलीले सर्वाधिक मत पाए । यसपटक त्यो परिणामलाई बालेनले विपरीत बनाइदिए । यस पटक बालेनले २०७९ को भन्दा धेरै मत ल्याएर ओलीलाई हराए ।

झापामा एक लाख ६ हजार ३७२ मत खसेको थियो । बालेनले जित्दै गर्दा रास्वपाले झापाका सबै पाँचै क्षेत्र, मोरङका सबै ६ वटै क्षेत्रमा पनि जित निकालेको छ। देशभर रास्वपाले अहिलेसम्म ६० सिटमा जितेर ६२ सिटमा अग्रता बनाइरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : १७ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा