ओलीलाई हराएका बालेन्द्रले लिए प्रमाणपत्र « Khabarhub

ओलीलाई हराएका बालेन्द्रले लिए प्रमाणपत्र


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको संसदीय राजनीतिमा ठूलो उलटफेर गर्दै झापा-५ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले प्रमाणपत्र प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार उनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केवल १८ हजार ७३४ मत मात्रै प्राप्त गरे ।

एमालेको बलियो गढ मानिने र ओली आफैँ लामो समयदेखि अपराजित रहँदै आएको झापा-५ मा बालेनले ४९ हजार ६१४ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् ।

बालेनको यो ऐतिहासिक जितसँगै रास्वपाले मुलुकभर नै उत्साहजनक नतिजा ल्याएको छ। काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा लोकप्रियता कमाएका बालेन आम निर्वाचनको केही समयअघि मात्रै रास्वपामा आबद्ध भएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : ०० बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ