दैलेख–२ मा एमालेका पोखरेल विजयी « Khabarhub

दैलेख–२ मा एमालेका पोखरेल विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार ५५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बखत शाहीले छ हजार ७९७, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले तीन हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखत थापाले एक हजार ५१२ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिता शाहीले ३३७ मत प्राप्त गरेक छन् । नेकपा (माओवादी) का कमल सिंहले ३३७ र राष्ट्रिय जनमोर्चाका कमल बरै मगरले १०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ४५ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा